(१) ऐनको दफा ४ बमोजिमको कार्य गर्न देहाय बमोजिमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति रहनेछ M-
(क) सचिव, मन्त्रालय -सामान्य प्रशासन -संयोजक
(ख) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय -सदस्य
(ग) सहसचिव, अर्थ मन्त्रालय -सदस्य
(घ) सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय -सदस्य
(ङ) सहसचिव, सम्बन्धित मन्त्रालय -सदस्य
(च) सहसचिव, मन्त्रालय -सामान्य प्रशासन_ -सदस्य-सचिव
(२) समितिले आवश्यकता अनुसार सम्बन्धित निकायको प्रतिनिधि र विषय विज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(३) उपनियम (१) को खण्ड (ङ) बमोजिमको सदस्यले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा समितिको बैठकमा भाग लिनेछ ।
(४) समितिको सचिवालय मन्त्रालयमा रहनेछ ।
(५) सम्बन्धित मन्त्रालयले समितिका सदस्यलाई समितिको काममा पूरा समय काम गर्ने गरी खटाउन सक्नेछ ।
(६) समितिको बैठक तथा अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।